aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुको लागि सचेतना कक्ष सञ्चालन गर्ने भएको छ । ट्राफिक प्रहरीले मंसिर १५ गते बिहिबारदेखि तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार जरिवाना गर्नुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको हो ।

अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने,लेन नियम उल्लङघन गर्ने  र रातो बत्ती क्रस गरेमा नियम अनुसार कार्बाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गते देखि तिब्र गतिमा सवारी साधन चलाउनेले पनि  अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ । 

काठमाडौ उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तिव्र गतिमा सवारी साधन चलाउनु रहेको छ । तिव्र गतिका कारण हुने दुर्घटनामा मानविय क्षति बढी हुने गर्दछ । आर्थिक बर्ष २०७८/०७९ मा ३५४३ र चालु आर्थिक बर्षको ३ महिनाको ६४९ ओटा सवारी दुर्घटनाहरु तिव्र गतिका कारण भएका छन् । यस प्रकारका दुर्घटना नियन्त्रणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारी साधनको गति चेकजाँच गरी तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई गत आर्थिक बर्षमा १८ हजार ४ सय ४७ जना लाई कारवाही गरिएको थियो । 

त्यसैगरी, चालु आर्थिक बर्षको ३ महिनामा ८ हजार ५ सय ८४ जनालाई उक्त कसुरमा कारवाही गरिएको भएता पनि सवारी चालकहरुमा सचेतनाको कमीले गर्दा तिव्र गतिमा सवारी साधन चलाउने प्रवृतीमा कमि नआएको र दुर्घटनाहरु समेत बढ्दै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसलाई मध्यजर गर्दै तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नियमअनुसार जरिवाना गर्नुका साथै मिति मंसिर १५ गते बिहिबार देखि अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस