
काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक ९एआईजी०को चार दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मंगलबार अवकाश पाएसँगै एआईजीको चारओटा दरबन्दी रिक्त भएको हो ।
पछिल्लो समय अवकाशमा गएका चारै एआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । २० साउन २०७९ मा एआईजी विश्वराज पोखरेल अवकाशमा गएका थिए । प्रहरी महानिरीक्षकका सशक्त दाबेदार पोखरेललाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले महानिरीक्षक नियुक्त नगरेपछि उनी सर्वोच्च अदालत गएका थिए ।
उनीमाथि प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेरहद ५८ वर्ष बनाउन लागेको आरोप छ । अर्थमन्त्री जनार्दन शर्माले आफूनिकटका धानुकलाई एआईजीबाट अवकाश हुन नदिन गृह मन्त्रालयलाई समेत बेवास्ता गरेर प्रहरी नियमावली संशोधन गर्न खोजेका थिए । तर, उनी सफल भएनन् । धानुकलाई अर्थमन्त्री शर्माकै जोडबलमा दरबन्दी थप गरेर प्रहरी महानिरीक्षक सिंहसँगै एआईजीमा बढुवा गरिएको थियो ।
तर, सर्वोच्चले प्रहरी महानिरीक्षकमा नियुक्त धिरजप्रताप सिंहको नियुक्तिलाई सदर गरेपछि उनी एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । पोखरेलपछि गत २३ भदौमा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । त्यस्तै, प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बीसीले पनि गत १४ कात्तिकमा अवकाश पाएका थिए । धानुकको अवकाश भने विवादित बन्न पुग्यो ।
प्रतिक्रिया दिनुहोस