aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हदबन्दी छुटका नाममा जग्गाको दुरुपयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
हदबन्दी छुटका नाममा जग्गाको दुरुपयोग

काठमाडौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनी लगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन । 

हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए । 

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस