aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

प्रदेश १ का वनमन्त्री थापाको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ कार्तिक २०७९
प्रदेश १ का वनमन्त्री थापाको निधन

काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। विराटनगरको नोबेल अस्पतालमा उपचारकोक्रममा थापाको बुधबार बिहान मृत्यु भएको हो। 

मन्त्री थापा २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थिए । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनले मोरङ क्षेत्र नम्बर ३ ‘क’बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारसमेत थिए।  

मनोनयन दर्तापछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते थापा काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । उनलाई नोबेलमा परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस