काठमाडौं । काठमाडौं विश्वविद्यालयले हल्ट पुरस्कार २०२२/२३ को शुरुवात गरेको छ । विश्वविद्यालयले हरेक वर्ष आयोजना हुने हल्ट प्राइज अनक्याम्पस इभेन्ट यस वर्ष ‘ रिडिजाइनिङ फेसन’ भन्ने नाराका साथ शुरुवात गरेको हो ।
यस वर्षको थिमले विद्यार्थीलाई फेसनरकपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्न चुनौती दिने विश्वविद्यालयले जनाएको छ । प्रतियोगिता काठमाडौं विश्वविद्यालयका कुनै पनि विद्यालय र सम्बद्ध कलेजका स्नातक, स्नातकोत्तर, एमफिल, र पीएचडीका विद्यार्थीहरू र रचनात्मकताका लागि खुला गरिएको हो ।
मंचमा प्रस्तुत हुने विचारहरुले मानव र पृथ्वीमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्नुपर्छ र संयुक्त राष्ट्र संघका १७ दिगो विकास लक्ष्यहरूलाई २०३० को समयसीमा भित्र पूरा गर्न समर्थन गर्नुपर्दछ। कार्यक्रमको नेतृत्व क्याम्पस निर्देशक हेरिज़ विष्ट र उनको ३० सदस्सीय आयोजना समितिले गर्ने जनाएको छ । अन क्याम्पस हल्ट कार्यक्रम आयोजना गर्ने नेपालको पहिलो विश्वविद्यालय पनि काठमाडौं विश्वविद्यालय हो।
विद्यार्थीहरुका लागि नोबेल प्राइज भनेर चिनिने हल्ट पुरस्कार एक वार्षिक सामाजिक उद्यमशीलता प्रतियोगिता हो । यसले विद्यार्थीहरूलाई दबाबपूर्ण सामाजिक समस्या समाधान गर्न योगदान पुर्याउने र नाफा कमाउन सक्षम पर्याप्त व्यापारिक विचारहरू सिर्जना गर्न चुनौती गर्ने विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस