भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा तर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नु भएका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरुलाई आव्हान गर्नु भयो । उनले भने, “लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो, उहाँको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो ।”
पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ उनले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बताए ।
कार्यक्रममा लौरो ग्रहण गर्दै प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार महेश बस्नेतले आजबाट लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरुसँगको सहयात्रा सुरु भएको बताए । उनले भने, “टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनुपर्छ, भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ, राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यबस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरितको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो ।”
राष्ट्रियताको पक्ष, एमसीसी, एसएसपी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा एमालेसँगै लक्ष्य र अभियान मिलेका सबै समूह एक हुनुपर्नेमा जोड दिए । एमाले नेता एवं उम्मेदवार बस्नेतले विपक्षीले कुनै विषय नपाए पछि तर्कहिन कुरालाई आधार बनाएर आरोप लगाएको सन्दर्भ कोट्याउदै भने, “हत्या, अपहरण, चन्दा असुली, लुटपात, कुटपिट, धम्की जस्ता अराजकताको बिरुद्ध मैले युथ फोर्स गठन गर्दा विपक्षीले गुण्डा भने, सुरेन्द्र यादवसहितको नेताहरु एमाले प्रवेश गर्ने कार्यमा सहजीकरण गरिदिदाँ अपहरणको आरोप लगाए, गाईको दूध दुहुने क्रममा अलिअलि गोबर लाग्छ, कहिलेकाँही लात्ति हान्छ, यस्ता आरोप आफै मिथ्या सावित भएर गइरहेका छन् ।”मधेश र पहाडबीचको सम्बन्ध भत्काउने, जनजाती र बाहुन क्षत्रीबीचको एकता विभाजन गरेर देशलाई सधै अस्थिरतामा धकेलेर स्वार्थ पुरा गर्न खोज्नेको त्यस्ता कदमलाई असफल बनाउन सफल भएको उहाँको भनाइ थियो ।
विकासको सन्दर्भ कोट्याउदै उनले भने, “भक्तपुरमा भौतिक पूर्वाधारको अधिकांश काम सकिएको छ, केही काम निरन्तर भइरहेको छ, केही काम अहिलेको गठबन्धन सरकारले बजेट काटिदिदाँ रोकिएको छ, मेरो जीत पछि अबको पाँच वर्षमा त्यस्ता बाँकी कामहरु पुरा गर्नुछ, हनुमन्ते करिडोर, मनोहरा करिडोर, विश्व विद्यालय, अत्याधुनिक स्वास्थ्य सेवा दिन सक्ने मेडिकल कलेज, प्राणी उद्यान, पाँच हजार क्षमतको सभा हल बनाएको दावी गरेका छन्े ।
त्यस्तै, खेल मैदान, रंगशाला, दुवाकोटमा बीर अस्पताल, मुटुको सबै सेवासमेत दिने गरि भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर धुलिखेल सडक, विद्युतलाई अण्डरग्राउण्ड, तीन स्मार्ट सिटी, साँगा र कोटेश्वरमा सुरुङ्ग मार्ग निर्माण जस्ता थुप्रै आयोजनाहरु सम्पन्न गर्न, बौद्धिक ज्ञान केन्द्र, युवा लक्षित कार्यक्रम, महिला सीप, इलाइब्रेरी जस्ता योजनाहरु ल्याउने काम म गर्नेछु, अबको पाँच वर्षमा यहाँका सबै सडक कालोपत्र हुने छन्, सबै क्षेत्र पुल र सडक सञ्जालले जोडिने छन्, विद्यालयका भौतिक एवं शैक्षिक गुणस्तर बृद्धि गरिने छ, सूर्यविनायक नगर अस्पताललाई यहाँका बासिन्दाका लागि निःशुल्न उपचार गर्ने गरि बिकास गर्ने काम पुरा गर्नेछु ।”
मंसीर ४ को निर्वाचनमा आफू विजय भएपछि संघीय सरकारबाट आफूले ल्याउने बजेट, प्रदेश र स्थानीय सरकारबाट आउने बजेटबाट भक्तपुरको बिकास देशकै नमूनाम योग्न बनाउने बताउदै बस्नेतले भने, “म अहिले १० मिटर बाटोको दौडमा छैन, म त कयौ माइल लामो सडकको यात्रा तय गर्दै दौडिरहेको छु ।”
माओवादी केन्द्र कि एमालेको, कि त काँग्रेसको फेरो नसमाति अगाडि बढ्नै नसक्ने अबस्थामा पुगेको भन्दै गठबन्धनको सरकारको अनुभूति पछिल्लो समयले बताई सकेको चर्चा गरेका थिए । सकारात्मक अभियान चलाई रहदाँ नकारात्मक हल्ला चलाउनेहरु आफै परास्त हुने बताउदै उनले भने, “म कहाँ समस्या लिएर आउनेहरुलाई नाम साध्छु, ठेगाना सोध्छु तर कहिले कुन पार्टीको हो, भनेर कहिले सोधिन्, मेरा लागि सबै समान हुन्, जे अपेक्षा लिएर म कहाँ आउनेहरुलाई समस्या समाधानमा सक्दो सहयोग गरेकै छु ।”
पत्रकार सम्मेलनमा हस्ताक्षर पत्रमा एमाले नेता बस्नेत र स्वतन्त्रका लौरो चिन्हका उम्मेदवार पोखरेलले हस्ताक्षर गरि सार्वजनिक गरिएको थियो ।कार्यक्रममा पोखरेलले नाकाबन्दीको सामना गर्ने, चुच्चे नक्सा ल्याउने, भारतसँग आँखामा आखा जुभाउने, राष्ट्र र राष्ट्रियताको सवालमा कोहीसँग नझुकी सधै पक्षमा उभिने पार्टी एमाले र त्यसको नेतृत्व गर्ने नेता केपी ओली मात्र हुन भन्ने ठहर गर्दै एमालेमय महासागरमा मिल्न आएको बताए ।
राष्ट्रवादी र देशभक्ती शक्ति छुट्टा छुट्टै लाग्दा अभियान सफल हुन नसक्ने ठहर गर्दै यस्तो शक्ति अब एक हुनु पर्छ, बेग्ला बेग्लै होइन, एउटै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्नु पर्छ भनेर एमालेमा आएको भन्दै उहाँले यहीँ अभियान लिएर अगाडि बढेका स्वतन्त्र समूह एवं अभियन्ता एमालेसंग हातेमालो गर्दै एकताबद्ध भएर जान आव्हान गरेका थिए ।
उनले भने, “हामीले धेरै बुझ्यौ, राष्ट्रियता र देशभक्ती अभियानको नेतृत्व महेश बस्नेतबाट मात्रै सम्भव छ भन्ने हाम्रो निष्कर्ष भयो, महेश बस्नेत बिरुद्ध फैलाइएको धेरै अरोपहरुलाई नियाल्यौ, ती त भ्रमहरु मात्रै रैछन्, महृश बस्नेत त नेपालकै खम्बा हो, उनलाई भक्तपुरमा मात्रै सिमित बनाउने होइन, हामी स्वतन्त्रका कारण असल मान्छे हार्नु हुदैन, उनले हार्दा भक्तपुर मात्रै हार्दैन, देशले हार्छ, यहाँको बिकासले हार्छ, राष्ट्रियता हार्छ, भन्ने हामी निष्कर्षमा पुग्यौ, त्यसैले उनलाई जिताउनु पर्छ भन्ने अठोट लिएर लौरो चिन्ह लिएर उम्मेदवारी दिएको मैले र लौरो अभियानका सम्पूर्ण स्वतन्त्रवादीहरुले उनलाई समर्थन गरेका र्छौँ, अब लौरो चिन्हमा मतदान गर्नु पर्दैन, एमालेको सूर्यमा मतदान गरे पुग्छ ।”
अब नेपाल बनाउने नेता भक्तपुरबाट महेश बस्नेत मात्रै हुन्, उनको अभियान र हाम्रो अभियान एउटै हो भनेर भक्तपुरमा निःशुल्क शिक्षा र निःशुल्क उपचार गर्ने अस्पताल स्थापना गर्ने सहमतिमा एक भएको बताए । “एमसीसीको पक्षधर, एसएस्पीको पक्षधर नागरिकता विधेयकको पक्षधरलाई मतदान गर्दा हात काप्दैन, मन दुख्दैन ? ” भन्दै उहाँले गठबन्धन भित्रै अस्थिरताको जड प्रचण्ड रहेकाले लौरो अभियन्ताहरुले अहिलेको सत्यवादी एमालेसँग एकताबद्ध भएर आएको बताए ।
प्रतिक्रिया दिनुहोस