aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अकबरेको अचार कसरी बनाउने ? दिइयो यस्तो तालिम

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, २४ कार्तिक २०७९
अकबरेको अचार कसरी बनाउने ? दिइयो यस्तो तालिम

काठमाडौं । महिलालाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ । 

नगरपालिकाको वडा नं ११ मा अकबरे खुर्सानीको अचार बनाउने तालिम दिएको हो । लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महिलालाई व्यवसायी तालिम दिएर आत्मनिर्भर बनाउन सकिने भएकाले विभिन्न सङ्घ सस्ताहरूसँग सहकार्य गरेर तालिम सञ्चालन गरिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन् । 

तानसेन नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामीण विकास सङ्घ रेडाको समन्वयमा दुई दिने अकबरे खुर्सानीको तालिममा ५० जना महिलाको सहभागिता रहेको वडा अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस