aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

टुकुचा खोला र महानगरपालिकाको पेसी सर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
टुकुचा खोला र महानगरपालिकाको पेसी सर्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्न हात्तीसारस्थित जय नेपाल हल, लक्ष्मी बैक, शाख ग्रुप लगायतका संरचना भत्काएको विरुद्धमा उच्च अदालतमा साउन ३१ गते रिट दायर भएको रिटको पेश सरेको छ । कात्तिक २३ गते राखिएको पेशी अब मंसिर ११ गतेका लागि राखिएको छ ।  

विरुद्ध प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोलाविक्रम थापा लगायतले उच्च अदालतमा साउन ३१ गते रिट दायर गरेका थिए। त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि असोज ५ गते बोलाएको थियो। महानगरले टुकुचा खोलामाथि बनेका संरचना हटाउने अभियान सुरु गरेपछि २१ जनाले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले उनीहरुको संरचना तत्काल नहटाउन महानगरपालिकाका नाममा अन्तिरिम आदेश दिएको थियो।

विश्व प्रकाश साख, लक्ष्मी बैंक, रेशम मानन्धर, गुडविल फाइनान्स एण्ड  इन्भेस्टमेन्ट प्रालि, वुद्धि लक्ष्मी गुरुङ, एस बि एल विवभलपर्स प्रालि, प्रविन श्रेष्ठ, राजेशभक्त श्रेष्ठ, किरण प्रकाश साख, तारा शाक्य, शान्ति राणा र सुलक्ष्मी राणाले महानगरले टुकुचा खोला उत्खनन् गर्न लागेपछि पाटन उच्च अदालत पुगेका थिए। 

यस्तै, अदालत पुग्नेमा प्रतिभा राणा, करुणा मानन्धर, निर्मलादेवी श्रेष्ठ र अरुणभक्त श्रेष्ठ, रजविन राज मानन्धर, शारदा मानन्धर र सुरज राज मानन्धर, अरुण भक्त श्रेष्ठ, मोहन रत्न शाक्य, राधिका कटुवाल, तेज प्रकाश साख, ज्योती प्रकाश साख रहेका छन्।  उनीहरुको उजुरीमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 

प्रतिक्रिया दिनुहोस