aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकासँग ब्यापार सम्झौताका लागि बेलायतले राख्याे सर्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
अमेरिकासँग ब्यापार सम्झौताका लागि बेलायतले राख्याे सर्त

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँग ब्यापार सम्झौताको लागि सर्त राखेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतसँग व्यापार सम्झौता चाहन्छन् भने बेलायती उत्पादनहरुमाथि हाल लगाइएको प्रतिबन्ध हटाउनुपर्ने जोन्सनको सर्त छ ।

यस विषयमा जि–सेभेन शिखर सम्मेलनमा ट्रम्पसँग कुराकानी गर्ने जोन्सनको तयारी छ ।

बेलायती प्रधानमन्त्री जोन्सनले असमान मापदण्ड र प्रतिबन्ध बोकेर बेलायती उत्पादन र व्यापारले अमेरिकासँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट पारे ।

विश्वका विकसित राष्ट्रहरुको समुह जि–सेभेनको सम्मेलन फ्रान्समा आजबाट हुँदैछ ।

यही सम्मेलनमा हुने साईडलाईन वार्तामा अमेरिका र बेलायतबीच व्यापार सम्झौताको विषयमा छलफल हुने संभावना छ ।

प्रतिक्रिया दिनुहोस