aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

काँडाघारी बस्ने चन्द्र प्रकाश कोईरालाको घरबाट करिब ७ लाखको धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
काँडाघारी बस्ने चन्द्र प्रकाश कोईरालाको घरबाट करिब ७ लाखको धनमाल चोरी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी चोक बस्ने चन्द्र प्रकाश कोईरालाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । यस्तै, कपिलवस्तुको महाराजगंज  नगरपालिका २ स्थित २ नम्बर वडा कार्यालय भवनको वडा अध्यक्ष कार्यकक्षबाट ढोकाको ताल्चा फोडेर कम्प्युटर मोनिटर २ थान, स्क्यानर १ थान, माउस २ थान र मल्टिप्लक १ थान गरी करिब १ लाख रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस