aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काम गरेर खान सक्ने नेपालीको संख्या ३४.२ प्रतिशत

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शुक्रबार, १३ बैशाख २०७६
काम गरेर खान सक्ने नेपालीको संख्या ३४.२ प्रतिशत

काठमाडौं । नेपालमा काम गरेर खाने नेपालीको जनसंख्या ३४.२ प्रतिशत रहेको देखाएको छ । २०७४/७५ को तथ्याङ्कमा नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समुहको जनसंख्या दुई करोड सात लाख चौवालीस हजार रहेको छ । त्यसमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेका छन् । ४४ लाख ८६ हजार पुरुष र २६ लाख ४० हजार महिला रहेको छन् । 

शुक्रबार तथ्यांक विभागले २०७४÷७५ को तथ्याङ्क सार्वजनिक गर्दै बसोबासको आधारमा रोजगारीको क्षेत्रमा रहेको जनसंख्यामध्ये ४९ लाख एक हजार शहरी क्षेत्रमा र २१ लाख ८५ हजार ग्रामीण क्षेत्रमा रहेको छ । 

रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत शहरमा ३१ प्रतिशत ग्रामिण क्षेत्रमा रहेको पाइएको छ । रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेको छ । रोजगारमा रहेको महिला मध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामिण क्षेत्रमा रहेका छन  ।

नेपलमा १५ वर्ष वा सोभन्दा बढी उमेर समुहको जनसंख्यामध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेका छन् । त्यसमध्ये ५ लाख ११हजार पुरुष र ३ लाख ९७ हजार महिला रहेका छन् । 

बेरोजगार मध्ये बसोबासको आधारमा ६ लाख चालीस हजार शहरी क्ष्ेत्रमा छन् भने २ लाख ६८ हजार ग्रामीण क्षेत्रमा रहेका छन् । १५ वर्ष वा सोभन्दा बढी उमेरका काम गर्न उमेर समूहका २ करोड सात लाख ४४ हजार जनसंख्या मध्ये श्रमशत्रिक्तमा १९ लाख ९४ हजार मात्र रहेको तथ्याङ्कले देखाएको छ । 

नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ । पुरुषको र महिलाको बेरोजगारी दर १०.३ र १३.१ प्रतिशत रहेको छ । शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी रहेका छन् । 

२०१७÷१८ मा नेपालको श्रमिक दर ३८.५ प्रतिशत रहेको छ । रोजगारमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रदेश नं. ३ मा  र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा  २४.१ प्रतिशत रहेको छ ।  

त्यस्तैगरि, यस पटक पनि  अघिल्लो पटकको जस्तै अन्तराष्ट्रियरुपमा तुलना गरी तथ्याङ्क  सार्वजनिक गरी   १५ वर्ष वा सोभन्दा बढि उमेर समुह वा काम गर्ने उमेर समुहको विश्लेषण गरिएको छ । 

यसमा रोजगारिको जनसंख्या, बेरोजगारीको जनसंख्या श्रमशक्तिभन्दा बाहिरको जनसंख्या गरी तिन भागमा विभाजन गरीएको छ । नेपालमा कृषिमा आधारित निर्वाहमुखि अर्थव्यवस्था भएको देशमा आफ्नै उपभोगको लागि खेतिपाती तथा पशुपालन कार्य तथा पारिवारिक उपभोगका लागि वस्तु उत्पादन कार्यमा लाग्न जनशक्तिलाई यस अघिको सर्वेक्षणमा रोजगार मानिएको भए पनि यस पटकको नयाँ परिभाषा अन्र्तगत त्यस्ता क्रियाकलापहरु रोजगार अन्तर्गत परेका छैनन् । विभागले सार्वजनिक गरेको तथ्यांकमा औद्योगिक गणनाको पहिलो पटक विवरण सार्वजनिक गरिएको छ । 

निर्माणसहित चारवटा क्षेत्रको वृद्धिदर गत वर्षभन्दा कमजोर देखिएपनि चालु आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने विभागले प्रक्षेपण गरेको छ। वार्षिक बजेटमा लक्षित ८ प्रतिशत भन्दा थोरै र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेको प्रक्षेपण ६.५ प्रतिशतभन्दा केही धेरै आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा उल्लेख छ। 

चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो ८ महिनाको आर्थिक कृयाकलाप एवं औद्योगिक र कृषि क्षेत्रको उत्पादनसमेतको विश्लेषणका आधारमा विभागले लगातार तेस्रो ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो।

प्रतिक्रिया दिनुहोस