aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रतिघण्टा कति वटा आइफोन बिक्री हुन्छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
प्रतिघण्टा कति वटा आइफोन बिक्री हुन्छन् ?

काठमाडौं । प्रतिघण्टा २७ हजार भन्दाबढि आइफोन बिक्री हुने गरेको तथ्यांकले देखाएको छ । विश्वको तथ्यांकका अनुसार सन् २०२२ सम्ममा आइपुग्दा प्रतिघण्टा २७ हजार ९६८ वटा आइफोन बिक्री हुने गरेको पाइएको हो । 

उक्त तथ्यांक अनुसार सन् २००७ मा प्रतिघण्टा ३१३ वटा आइफेन बिक्री हुने गरेको थियो । त्यस्तै, सन २००८ मा उक्त संख्या बढेर प्रतिघण्टा १ हजार ३२८ वटा आइफोन बिक्री हुने गरेको थियो । त्यसैगरी सन् २००९ मा आइपुग्दा २ हजार ३६६ वटा, सन् २०१० मा ४ हजार ५६५ वटा, सन् २०११ मा ८ हजार २५२ वटा आइफोन बिक्री हुने गरेको थियो ।

त्यस्तै, सन् २०१२ मा आइपुग्दा प्रतिघण्टा १४ हजार २७५ वटा आइफोन बिक्री हुने गरेको पाइन्छ । यसरी तथ्यांक हेर्दा आइफोनको प्रयोगकर्ताहरु २०१२ देखि उल्लेख्य रुपमा बढेको देखिन्छ । त्यस्तै, सन् २०१३ मा १७ हजार ५३ वटा, सन् २०१४ मा १९ हजार ३१७ वटा, सन् २०१५ मा प्रतिघण्टा २६ हजार ३९५ वटा आइफोन बिmत्री भएको थियो । 

उक्त तथ्यांक अनुसार सन् २०२६ मा आइफोनको क्रिी घटेको छ । त्यस अवधिमा आइफोनका प्रयोगकर्ताहरु घटेसँगै प्रतिघण्टा २४ हजार १८७ वटा आइफोन बिक्री भएको थियो । त्यस्तै, सन् २०१७ मा प्रतिघण्टा २४ हजार ७४४ वटा, सन् २०१८ मा प्रतिघण्टा २४ हजार ८८९ वटा आइपाmेन बिक्री भएको थियो । 

त्यस्तै, सन २०१९ मा उक्त संख्या घटेर प्रतिघण्टा २१ हजार ८०४ वटा आइफोन बिक्री भएको थियो । सन् २०२० मा आइपुग्दा आइफोनको बिक्री संख्या फेरि बढेको छ । यस आवधिमा प्रतिघण्टा २४ हजार २०१ वटा र सन् २०२१ मा प्रतिघण्टा २७ हजार ५५ वटा अँइफोन बिक्री भएको थियो  

 
 

प्रतिक्रिया दिनुहोस