aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रवि लामिछानेसहित ३ जनालाई अदालतमा लगिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
रवि लामिछानेसहित ३ जनालाई अदालतमा लगिँदै

चितवन । न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई आज पुनः फेरि अदालतमा पेश गरिँदैछ । 

हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । उनीहरुलाई अझै रिहा गर्ने, हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।

अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेबारे चितवन प्रहरीले केही बताएको छैन । रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् । अदालत अघि प्रदर्शनमा राेक लगाउँदै ठूलाे मात्रमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग र्पुयाउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ ।

प्रतिक्रिया दिनुहोस