aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

वीपी कोइरालाकी नातिनी मनिषाले राप्रपाका उम्मेदवारका लागि भोट माग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
वीपी कोइरालाकी नातिनी मनिषाले राप्रपाका उम्मेदवारका लागि भोट माग्ने

काठमाडौं । नेपालको पहिले जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरुका लागि भोट माग्ने भएकी छिन् । मनिषाले आजदेखि राप्रपाले आयोजना गर्ने प्रचार प्रसार कार्यक्रमा उपस्थित भएर औपचारिक रुपमा मत माग्न लागेकी हुन् ।

मनिषाले कास्कीको पोखरा, स्याङ्जाको वालिङ र काठमाडौंको बसन्तपुरमा हुने सभालाई सम्बोधन गर्दै छिन् भने सोही सभाहरुमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सम्बोधन गर्ने भएका छन् । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएका बेला मनिषाका बाबु प्रकाश कोइराला वातावरण, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए । राजाको मन्त्रिपरिषदमा संलग्न भएको भन्दै प्रकाशलाई कांग्रेसले कारबाही गरेको थियो । 

प्रतिक्रिया दिनुहोस