aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नक्कली नोटसहित छ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
नक्कली नोटसहित छ जना पक्राउ

रौतहट । नक्कली नोटसहित छ जना पक्राउ परेका छन् । मौलापुर नगरपालिका ८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित बारा आदर्श कोतवाल गाउँपालिका ६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका ६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी प्रहरीले बरामद गरेको छ ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस