काठमाडौं । रेष्टुरेन्टमा जुवातास खेलिरहेका १० जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ सूर्य दर्शन हाईटस्थित फुड किङ्ग दरबार रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका ६ घर भई टोखा नगरपालिका ३ बस्ने ३० वर्षीय शेषमान तामाङ लगायत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई १ हजार दरको १ सय वटा क्वाइन, २ हजार दरको १ सय ४० वटा क्वाइन र ५ हजार दरको ५४ वटा क्वाइन समेत गरी जम्मा ३ सय ४ वटा क्वाइन र तास ३ बुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस