काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।
यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत एक हजार करबाहेकमा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।
यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा दुई हजार पाँच सय करबाहेकमा पाँच दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पाँच हजार करबाहेकमा १० दिन भित्रमा जम्मा १० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस