aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

काठमाडौं महानगरपालिका क्षेत्रमा खुलारुपमा आगो बाल्न नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
काठमाडौं महानगरपालिका क्षेत्रमा खुलारुपमा आगो बाल्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा खुलारुपमा आगो बाल्न नपाइने भएको छ । महानगले शुक्रबार एक सूचना जारी गर्दै खुलारुपमा आगो बाल्न निषेध गरिएको जनाएको हो ।  

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यहरुले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ ।’   

साथै यस्ता कार्यहरु कहिकतै कसैले गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस