aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

फेसबुकमा सीडीओलाई गाली गर्दा गुप्ता ठानामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
फेसबुकमा सीडीओलाई गाली गर्दा गुप्ता ठानामा

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सामाजिक सञ्जाल फेसबूकमार्फत गाली गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेम बाराको सिम्रनगढ नगरपालिका–७ खजानी घर भएका २५ वर्षीय सन्नि कुमार गुप्ता छन् ।

बारामा अटो पसल सञ्चालन गर्दै आएका गुप्ताले फेसबुकमा स्टाटर लेखेर प्रमुख जिल्ला अधिकारीलाई गालीचलौच गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका गुप्ताविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस