aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राजेन्द्र लिङदेनले मात्र विपीलाई सम्झिए : मनिषा कोइराला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
राजेन्द्र लिङदेनले मात्र विपीलाई सम्झिए : मनिषा कोइराला

काठमाडौं । विश्वश्वर प्रसाद कोइराला (विपी)की नातिनी  तथा बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकीमा आयोजना गरेको चुनावी सभामा देखिएकी छिन् । राप्रपाको शक्ति  प्रदर्शन गर्ने चुनावी सभामा बोल्दै उनले विपीको सिद्धान्त (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मात्र अनुसरण गर्ने बताइन । उनले सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।

स्याङ्जाको वालिङ हुँदै पोखरा आएकी उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई संवोधन गर्दै उनले वीपीको बाटोमा हिँडेकै कारण आफू लिङ्देनसँग उभिएको बताइन् ।

 काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरूले सम्वोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस