
काठमाडौं । जहाजभित्रै सुन र नगद चोरी गर्ने दुइजना चिनियाँ नागरिक शनिबार पक्राउ परेका छन् । चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने चिनियाँहरू राहदानी नम्बर इजी ६८४२७२२ बाहक मा किवेई र राहदानी नम्बर इजी ५७४२५२३ बाहक हु झिन्झोंग रहेका छन् ।
उनीहरुलाई शनिबार बिहान विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । टर्किस एयरलाईन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको खबर प्राप्त भएपछी प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
यहि क्रममा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस