
काठमाडौं । विश्वका १० ठूला बैंकमध्ये ६ वटा बैंक चीनमा रहेका छन् । विश्वको सबैभन्दा ठूलो बैंक इण्डिष्ट्रियल बैंक अफ चाइना रहेको छ । यो बैंकमा सन् १९१८ मा हङकङमा स्थापना भएको बैंक अफ इस्ट एशिया हङकङको सबैभन्दा ठूलो स्वतन्त्र स्थानीय बैंक हो ।
२००९ मा, बैंक अफ इस्ट एसियाले बैंक अफ इस्ट एसिया (क्यानडा) को ७० प्रतिशत शेयर आइसीआइसीलाई मात्र ८० मिलियन यूएसमा बेचेको थियो । यो बैंकसँग कुल सम्पत्तिको ४.१ ट्रिलियन डलर रहेको छ ।
विश्वको तेस्रो ठूलो बैंक पनि चीनमा नै रहेको छ । चाइना कस्ट्रस्टक्सन बैंक, चौथो स्थानमा रहेको एग्रिकल्चरल बैंक अफ चाइना रहेको छ । सन् १९५१ मा स्थापना भएको एग्रिकल्चर बैंक अफ चाइना (एबिसी) विश्वको तेस्रो ठूलो बैंक हो । चीन, टोकियो, हङकङ, लन्डन, न्युयोर्क, फ्रयांकफर्ट, सिड्नी, सिंगापुर र सोलमा शाखा रहेको यो बैंकको केन्द्रीय कार्यालय भने बेइजिङमा छ । एबिसीका कुल २४ हजार शाखा रहेका छन् ।
छैटौं नम्बरमा रहेको बैंक हो बैंक अफ चानइना त्यस्तै आठौं नम्बरमा चाइना मर्चेन्ट बैंक र पोष्टल सेभिङ बैंक अफ चाइना रहेको छ । सन् २०१० मा विश्वकै सबैभन्दा ठूलो प्रारम्भिक सेयर निष्कासन (आइपिओ) जारी गर्दै बैंक सार्वजनिक क्षेत्रका लागि खुला भएको थियो ।
त्यस्तै, दोस्रो सबैभन्दा ठूलो बैंक अमेरिकाको जेपी मोर्गन चेस रहेको छ । बजार पुँजीकरणका हिसाबले विश्वको दोस्रो ठूलो मूल्यवान् यस बैंक सम्पत्तिका आधारमा भने विश्वको चौथो ठूलो हो । २५ खर्ब डलर कुल सम्पत्तिको मालिक यो बैंक अमेरिकाको सबैभन्दा ठूलो बैंक हो ।
खुद्रा तथा क्रेडिट कार्ड सेवा क्षेत्रमा जेपी मोर्गन चेज एन्ड कम्पनी ‘चेज’ नाममा सञ्चालित छ ।यसमा २ लाख ५० हजारभन्दा बढी कर्मचारी काम गर्छन । पाँचौ स्थानमा अमेरिकन बैंक वेल्स फर्गो रहेको छ । नौं नम्बरमा अमेरिकन बैंक सिटि ग्रुप रहेको छ ।
प्रतिक्रिया दिनुहोस