aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

'प्रेम आलेले डोटीको मात्र नभएर पुरै देशको वेइज्जत गरे '

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ कार्तिक २०७९
'प्रेम आलेले डोटीको मात्र नभएर पुरै देशको वेइज्जत गरे
'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पूर्व नेताको विषयमा कटाक्ष गरेका छन् । नेकपा एमालेबाट मन्त्री हुनलाई अर्को पार्टीमा गएका प्रेम आलेले डोटीको मात्रै नभई नेपालीकै बेइज्जत गरेको नेकपा एमालेलेका अध्यक्ष ओलीले बताएका छन्। 

शनिबार नेकपा एमाले डोटीले दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले आफूले यसभन्दा पहिला टिकट दिएर सहित गरेको जस्तो लागेको थियो तर, उनले डोटीको मात्रै नभई नेपालीकै बेइज्जत गरेको बताए। 

‘यस ठाउँमा मलाई दुःख लाग्छ मैले आफैंले सही गरेर उम्मेदवारी दिएको व्यक्ति,’ उनले भने, ‘डोटीको मात्रै बेइज्जत होइन, भाषाले सुन्नुस्, पूरै डोटी सभ्यता, संस्कृति भाषा र डोटेलीको बेइज्जत गरेका छन्।’

प्रतिक्रिया दिनुहोस