aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रम ओलीकाे शरीरमा बढेको एन्टिबडी घटाउन दिन बिराएर ‘प्लाज्मा फेरिसस’ गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
प्रम ओलीकाे शरीरमा बढेको एन्टिबडी घटाउन दिन बिराएर ‘प्लाज्मा फेरिसस’ गरिँदै

काठमाडाैँ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार भइरहेको जानकारी दिनुभयाे । सिंगापुरकाे नेशलन युनभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताइएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न दिन बिराएर प्लाज्मा फेरिसस गर्नुपर्ने भएको छ । मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभएको थियो ।

एक दिन बिराएर यो उपचार प्रक्रिया शुरु गरिएको छ । शुक्रबारकाे पहिलो सेसनपछि सकारात्मक प्रभाव परेकोले दोस्रो सेसनअन्तर्गत आइतबार पनि फेरेसिस गर्ने कार्यक्रम रहेको छ । उपचार प्रक्रिया लम्बिने भएकोले कम्तीमा १० दिने ओली सिंगापुरमै रहने बताइएको छ ।

रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्य लगायत छन् ।

 

प्रतिक्रिया दिनुहोस