aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

निर्वाचनमा सरकारी साधन स्रोत व्यापक दुरूपयोग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २७ कार्तिक २०७९
निर्वाचनमा सरकारी साधन स्रोत व्यापक दुरूपयोग

काठमाडौं । सत्तारूढ दलबाट निर्वाचनमा उम्मेदवार बनेका मन्त्री तथा सत्तारूढ दल निकटका विभिन्न व्यक्तिहरूले निर्वाचनमा सरकारी साधन स्रोत व्यापक दुरूपयोग गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्यसबारे गम्भीर छानबिन थालेको छ ।

आयोगले केही दिनअघि मात्रै सरकारी साधन स्रोत दुरूपयोग गर्ने मन्त्री तथा अन्य राजनीतिक नेतृत्वमाथि छानबिन गर्न आग्रहसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको थियो । सो आग्रहबमोजिम अख्तियारले निर्वाचनका क्रममा देशभरमा भएका सरकारी साधन स्रोत दुरूयोगबारे छानबिन र अनुसन्धान थालेको हो ।

अख्तियारका अनुसार सरकारमा रहेका उच्चपदस्थले निर्वाचनका क्रममा हेलिकोप्टर प्रयोग गर्दा सरकारी खर्च गरेको भन्नेबारे समेत गम्भीर छानबिन थालिएको छ । निर्वाचनमा हेलिकोप्टर प्रयोग गर्दा सरकारी खर्च गर्नेले अख्तियार दुरुपयोग गरेको ठहरिने भएकाले त्यसबारे समेत गम्भीर छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस