aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कस्मेटिक पसलमा आगलागी हुँदा पाँच लाखको धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ कार्तिक २०७९
कस्मेटिक पसलमा आगलागी हुँदा पाँच लाखको धनमाल जलेर नष्ट

महोत्तरी । कस्मेटिक पसलमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ । बर्दिवास नगरपालिका ४ भप्सी टोलस्थित रामजी कुमार पौडेलको कस्मेटिक पसलमा विद्युत सर्ट भई शनिबार बेलुकी आगलागी हुँदा कस्मेटिक, फर्निचर लगायतका सामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
    
 

प्रतिक्रिया दिनुहोस