aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

२ महिनापछि ३ नम्बर प्रदेशसभा बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
२ महिनापछि ३ नम्बर प्रदेशसभा बैठक बस्दै

हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महिनापछि आज पुनः बस्दै छ । गत असार १२ मा आर्थिक वर्ष २००७/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आज दिउँसो बस्न लागेको हो । 

भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ ।

प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने  तयारी गरेको थियो  ।

प्रतिक्रिया दिनुहोस