पोखरा । हल्ट प्राइज पोखरा विश्वविद्यालयको अभिमुखीकरण कार्यक्रम शुरू भएको छ । पोखरा विश्वविद्यालयको स्कुल अफ बिजनेस, स्कुल अफ हेल्थ एण्ड साइन्स ,स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ चार ओटा आङ्गिक संकायका अभिमुखीकरण कार्यक्रम गर्ने योजना क्याम्पस डाइरेक्टर सुरज राज केशरीले जानकारी दिए ।
स्कुल अफ बिजनेसमा आइतबार पहिलो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। आइतबारबाट शुरु भएको अभिमुखीकरण कार्यक्रम स्कुल अफ हेल्थ एण्ड साइन्स ,स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ डेभलपलमेन्ट एण्ड सोसल इन्जिनियर संकायमा अब सिलसिला रूपमा कहीँ दिनमै हुने जानकारी डिप्यूटि क्याम्पस डाइरेक्टर रिवाज भुर्तेलले जानकारी दिए।
स्कुल आफ बिजनेस संकायमा हिजो भएको पहिलो अभिमुखीकरण कार्यक्रममा स्कुल अफ बिजनेसका एक सय जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । अभिमुखीकरण कार्यक्रममा उपस्थित विद्यार्थीहरूले थप हौसला मिलेको बताए । कार्यक्रममा हल्ट प्राइजको सम्बन्धमा विभिन्न सूचना दिएको केशरीले जानकारी दिए।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रूपमा छुट्टै महत्त्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।२०२३ को हल्ट प्राइज च्यालेन्ज रिडिजाइनिङ्ग फेसन रहेको छ।
प्रतिक्रिया दिनुहोस