aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । विभिन्न ठाउँमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । सिन्धुली, डोटी र रौतहटमा आगलागी भएको हो । 

सिन्धुलीको मरिण गाउँपालिका ५ चौकीडाँडा बस्ने कृतिमान मेक्चनको घरमा विद्युतको मिटर सट भई आइतबार दिउँसो आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लताकपडा लगायतका सरसामान जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

त्यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका(४ पिपल्ला बजारस्थित गणेश बहादुर कठायतको जमुना फर्निचर उद्योगमा विद्युतको लाईन सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा उद्योगमा रहेका फर्निचरहरु जलेर करिब ३१ लाख ३० हजार ७ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित सडकमा काठमाडौंबाट चपुरतर्फ जाँदै गरेको प्र.१(०१(००१ ख ४१४५ नम्बरको खाली ट्रकमा अचानक फ्यूल बक्सको तार सर्ट भई गएराति आगलागी हुँदा ट्रकको अगाडिको भग पूर्णरुपमा जलेर क्षति भएको छ ।  

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस