काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब आफ वीरगञ्ज आदर्शनगर तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न भएको छ ।
आदर्शनगर चौकमा बिहान ७ बजे देखि आयोजना भएको उक्त निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा वीरगञ्ज आसपासका स्थानिय गरी करिब १०० जना भन्दा बढीले आफ्नो स्वास्थ्य परिक्षण गराएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।
सो शिविरमा डा निरज सिंह, डा राम अव्तार खेतान, डा जग्दिश अग्रवाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र सचिव मुर्ली जलान लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस