भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भुकम्प जाने दावी गरेका छन ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं। २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताहरु एमालेको समर्थनमा रहेको बताए । कांग्रेसका हजारौं कार्यकर्ताहरु एमालेमा प्रवेश तथा समर्थन गरेसँगै भक्तपुरबाट कांग्रेस ४०औं वर्ष एमालेले नेतृत्व गर्ने अवस्था बनेको उल्लेख गर्दै उनले देशभर कांग्रेस छोडेर तथा निर्वाचनमा पराजय पश्चात देशभरबाट कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने अवस्थामा पुगेको बताए ।
कांग्रेसमा पिडित भएका र एमालेले लिएको विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रिया र राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको अडानका कारण एमालेमा कांग्रेसलगायतका नेताहरुलाई एमालेमा स्वागत गरी मुलुक निर्माणको पक्षमा लगाउने बताए । भक्तपुर एमालेमय भएकाले एमालेकै जनताको तिर विकास भएको उल्लेख गर्दै उनले यहि गतिमा रहे भक्तपुरमा कांग्रेस घट्दै जाने र एमाले बढ्दै जाने दावी गरे । भक्तपुरका जनताको लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने उल्लेख गर्दै उनले भने, ‘आगामी निर्वाचन पछि कांग्रेसले ठूलो पराजय व्यहोर्नेछ । जनताबाट तिरस्कृत हुनेछ । गठबन्धनको बैशाखी अन्त्य हुनेछ ।
लाखौं नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउनेछन् । निर्वाचन पछि कांग्रेसमा ७ रेक्टरको भुकम्प जानेछ । त्यो राजनीतिक भुकम्पलाई एमालेले थाम्ने छ । त्यसपछि देशमा स्थिर सरकार बन्नेछ । विकास निर्माणका कार्यहरु सुचारु हुनेछन् । गठबन्धन सरकारले विकास होलिडेको अन्त्य एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि मात्र हुने कुरा जनताले बुझेका छन् । त्यसैले आगामी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्वमा पुग्ने सपना सधैंको लागि अन्त्य हुनेछ ।’
भक्तपुरको समस्यामा एमाले सधैं जनताको साथमा रहेर मानवीय कार्य गरेको तथ्यहरु उल्लेख गर्दै उनले सूर्यविनायकवासीहरुले गौरव गर्ने अवस्था बनाएको दावी गरे । विपक्षी दलका पछिल्लो अभिव्यक्तिहरुलाई जवाफमा स्यालको कथा सुनाउँदै उनले भने, ‘स्वालले रुखमा पाकेको स्याउ देख्छ । अनि उफ्री उफ्री खान खोज्छ, टिप्न खोज्छ तर सक्दैन । अनि के भन्छ भने त्यो स्याउ त अमिलो छ । त्यो खायो भने पेट दुख्छ, झाडा पखला लाग्छ । यो काम नलाग्ने स्याउन हो भन्छ । किन भने त्यसको स्याउ खान सक्ने हैसियत छैन । त्यसेले त्यस्त प्रतिकृयाहरु दिन्छ ।
आज उम्मेदवारले आफ्नो परिवार, दाजुभाई, आफन्त खोज्दै हिडेका छन् । भक्तपुरका गठबन्धनका उम्मेदवारले ३०–४० वर्ष नचिनेको आफन्त खोज्दै हिडेका छन् । गठबन्धनका उम्मेदवारले आफन्तकामा गएर भन्ने गरेका छन्, महेश बस्नेतको जस्तै विकास गर्छु, गुण्डुको जस्तै विकास गर्छु, किरण थापाको सिपाडोल जस्तै विकास गर्छु, कसम कटुञ्जेमा त्यस्तै विकास गर्छु । नत्र मेरो गाडी जलाई देउ, घर जलाई देउ । भन्दै हिडेका छन् । जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास र समृद्धिको कुनै योजना छैन । त्यस्तै व्यक्तिलाई जनताले राम्रै चिनेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुख हेरेर हैन, मुख हेरेर एमालेलाई भक्तपुरमा वौद्धिक जनताले भोट हाल्नेछन् ।’
कांग्रेसमा भूकम्प गएको तथा आगो लागेकाले एमालेमा भोट हाल्न लागेको दावी गर्दै उनले कांग्रेसका नेता तथा कार्यकर्ताले एमालेमा भोट हाल्ने प्रतिवद्धता जनाएको जानकारी गराए । जनतालाई उचित क्षतीपूर्ति तथा जग्गा एकीकरणको माध्यमबाट स्मार्ट सिटी, हनुमन्ते करिडोर, प्राणी उद्यान, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, रंगशाला लगायतका ठूला आयोजनाहरु सञ्चालन एमालेले गर्ने उल्लेख गर्दै उनले कांग्रेस नेता जगन्नाथ आचार्यले आफ्नो कान्छी श्रीमती विमली उपाध्यायको नाममा लगेको सार्वजनिक जग्गा फिर्ता ल्याएरै छाड्ने उद्घोष गरे ।
कार्यक्रममा बोल्दै प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापाले एमालेको नेतृत्वमा असंख्य विकास निर्माणका कार्यहरु गरी जनतालाई जनप्रतिनिधि भएको आभास गराएको उल्लेख गरे । सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी, ढल लगायतका कार्यहरु भएको उल्लेख गर्दै उनले चालु आयोजनाहरु पुरा गर्न आगामी निर्वाचन पछि एमालेको नेतृत्वको सरकार अनिवार्य रहेको बताए । जनताले मंसिर ४ गते पछि विजयको माला लगाउन आउनु भनि जनताले आर्शिवाद दिइरहेको उल्लेख गर्दै उनले विजय पश्चात जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास गर्ने प्रतिवद्धता जनाए ।
एमालेको उम्मेदवारहरु सम्पूर्ण जनताको भएको उल्लेख गर्दै उनले एमालेको उम्मेदवारका विपक्षी उम्मेदवारहरु जनतालाई थाहा समेत नभएकाहरु भएको बताए । गठबन्धनका उम्मेदवारहरुको कुनै पनि चुनावी एजेण्डा नभएको उल्लेख गर्दै उनले गठबन्धनका उम्मेदवारहरु भ्रम फैलाउने गाली गलौजमा नै सिमित भएको भन्दै आक्रोस जनाए ।
प्रतिक्रिया दिनुहोस