
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवार चुनाव प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचनलाई समावेशी बनाउनुपर्ने कानुनी बाध्यतापछि राजनीतिक दल सबै समूहलाई समेट्न बाध्य छन् । सङ्घीय निर्वाचनमा यो पटक तीन जना यौनिक तथा तेस्रोलिङ्गी अल्पसङ्ख्यक समुदायका उम्मेदवार छन् । जसमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ दुई जनाको नाम समेटिएको हो ।
मौसीको राजनीति मोह
आफूलाई अन्तरलिङ्गी भनेर चिनाउने महेन्द्र शाह अर्थात् राधा मौसी झट्ट हेर्दा पुरुष जस्तै देखिन्छिन् । हाउभाउ र व्यवहार फरक भए पनि उनी आफूलाई महिला भनेर समाजमा चिनाउछिन् । सर्लाहीको मलङ्गवा नगरपालिका–९ घर भएकी राधा मौसीको भावना न उनका परिवारले बुझे न त समाजले नै बुझ्न सक्यो ।
सङ्घीय चुनावमा उनी प्रदेशसभातर्फ सर्लाही क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवार बनेकी छिन् । २०७४ को स्थानीय चुनावमा मलङ्गवा नगरपालिका प्रमुखको उम्मेदवारसमेत रहेकी उनी नेपाल जनता पार्टीबाट प्रदेश सभामा उम्मेदवार बनेकी हुन् ।
६ दशक पार गरिसकेकी उनी १० वर्षको उमेरमा अन्तरलिङ्गी भएको थाहा भएपछि साथीको सहयोगमा भारत गइन् । समाज र परिवारको लञ्छना र भेदभावबाट मुक्त हुनका लागि उहाँ करिब १० वर्ष भारत बसेर नेपाल फर्किइन् । त्यसपछि शाहले पहिचानका लागि सङ्घर्ष गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस