aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज गृहजिल्ला डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा

  • रासस
    रासस
  • बुधबार, ३० कार्तिक २०७९
आज गृहजिल्ला डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा

कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला आउने भएका छन् । डडेल्धुरा आएर कांग्रेससहित उनी गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ : ३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । 

यसअघि कात्तिक १७ गते गृहजिल्ला आएका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी भइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस