aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यूरोपको कालो सूचीबाट हट्ला त नेपाली विमान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
यूरोपको कालो सूचीबाट हट्ला त नेपाली विमान  ?

काठमाडौं । नेपाली विमान कम्पनीलाई यूरोपेली संघ (ईयु) को कालो सूचीबाट हटाउन नेपाली अधिकारीले यूरोपियन युनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा) सँग लबिङ गरेका छन्।

हालै काठमाडौंमा सम्पन्न अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सम्मेलनका अवसरमा आएसाका उच्च अधिकारीसँग भएको वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणले कालो सूचीबाट हटाउने विषय उठाएको थियो ।

आएसा यूरोपेली संघअन्तर्गतको नियामक निकाय हो। ईयुले विस २०७० देखि नेपालको हवाई सरक्षाबारे प्रश्न उठाउँदै नेपाली विमान कम्पनीलाई कालो सूचीमा राखेकाले नेपाली जहाजहरूले यूरोपका २८ देशमा उडान गर्न पाएका छैनन् । यसबाट नेपाल वायुसेवा निगमको सेवा विस्तार प्रयास प्रभावित बनेको छ।

सम्मेलनमा सहभागी आएसाका कार्यकारी निर्देशक प्याट्रिक कीसँग भएको वार्तामा नेपालले ईयको उडान सुरक्षा चासोको विषय र नेपालले गरेको सुधारका बारेमा जानकारी गराएको थियो ।

प्राधिकरणले हवाई सुरक्षा मापदण्डमा नेपाल आईकाओको औसत मापदण्डभन्दा माथि रहेको र इयुका थप चासोका सम्बन्धका समेत सुधार भएको अवस्थामा नेपालाई कालो सूचिमा राखिरहनु न्यायोचित नभएको बताएको समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस