aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रचण्डको द्धन्द्धकालिन मुद्दामा सम्पूर्ण विवरण पेश गर्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
प्रचण्डको द्धन्द्धकालिन मुद्दामा सम्पूर्ण विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । २०५२ सालदेखि करिब १० वर्षसम्म चलेको द्धन्द्ध कालिन समयमा १७ हजार नेपालीको ज्यान गएको थियो  ।  उक्त १७ हजार ज्यान गुमाएका मध्ये ५ हजार जनाको मृत्युका जिम्मा लिन्छु भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष समेत रहेका पुष्पकलम दाहालले विभिन्न स्थानमा आफ्नो भाषणामा दावी गरेका छन् ।

 उक्त पाँच हजार जना निहत्थाको ज्यान लिएको विषयमा हत्यारालाई कारबारही र पीडितलाई न्याय दिलाइ पाउँभन्दै विभिन्न समयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न खोज्दा अदालतका रजिष्टर मुद्दा दर्ता गर्न नमागेको र उक्त मुद्दा गत कार्तिक ६ गते दरपिठ मार्फत रिट दर्ता भएको थियो ।

उक्त दरपिठ माथि मंगलबार कामु प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको एकल इजालाशले द्धन्द्धकालिन विषयको मुद्दाहरु के कति कारणले दर्ता नभएको प्रतिवेदन पेश गर्न आदेश गरेका छन् । उक्त मुद्दामा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, ज्ञानेन्दराज आरण र शिवकुमार यादवले बहस गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस