aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना पक्राउ

पर्सा । निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत १४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला पारी मोटरसाइकल चालक अहमदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस