aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आयोगद्वारा लोसपाका वहुविवाह गर्ने उम्मेदवारको उम्मेदवारी खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
आयोगद्वारा लोसपाका वहुविवाह गर्ने उम्मेदवारको उम्मेदवारी खारेज

सुनसरी । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को ९२० का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उहाँको उम्मेदवारी  खारेज भएको हो ।   उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको उम्मेदवारी बदर गरेको हो ।  

प्रतिक्रिया दिनुहोस