aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ट्रम्पकी श्रीमती इभाना ट्रम्पको आलिशान महल विक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
ट्रम्पकी श्रीमती इभाना ट्रम्पको आलिशान महल विक्री

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती इभाना ट्रम्पको म्यानहट्टनमा बनेको ८,७२५ वर्गफुटको आलिशान बंगला बिक्री भइरहेको छ । ब्रोकिङ फर्मले बंगलाको मूल्य करिब ३४४ करोड रुपैयाँ राखेको थियो । बिक्रीबाट प्राप्त आय इभाना र डोनाल्ड ट्रम्पका तीन छोराछोरी, डोनाल्ड ट्रम्प जूनियर, एरिक ट्रम्प र इभान्का ट्रम्प बीच विभाजित हुनेछ। ६४ औं स्ट्रिटमा रहेको यो ५ शयनकक्ष, ५ बाथरुम बंगलामा १९८० को दशकको इन्टेरियरहरू छन्। इभानाले यो बंगला सन् १९९२ मा मात्र २० करोडमा किनेका थिए । उनको सोही वर्ष डोनाल्ड ट्रम्पसँग सम्बन्ध विच्छेद भएको थियो ।

इभाना र ट्रम्प १५ वर्षसम्म उक्त घरमा बसेका थिए । सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । इभाना प्रायः आफ्नो बयानका कारण मिडियाको हेडलाइनमा हुने गर्छिन् । जुलाई २०२२ मा इभाना ट्रम्प उनको बंगलामा मृत फेला परेकी थिइन् । इभानाको मृत्यु दुर्घटना थियो। ७३ वर्षीया इभाना आफ्नो म्यानहट्टन अपार्टमेन्टको सिँढीबाट खसेर गम्भीर घाइते भएकी थिइन्, जसले गर्दा उनको मृत्यु भयो।

चेकोस्लोभाकियाको गोटवाल्डोभ सहरमा जन्मिएकी इभाना अध्ययनका लागि अमेरिका आएकी थिइन् । यहाँ उनले मोडलिङ पनि गर्न थाले । यसै क्रममा उनको भेट व्यवसायी डोनाल्ड ट्रम्पसँग भयो । दुवैले सन् १९७७ मा विवाह गरेका थिए । सन् १९८० को दशकमा इभाना र ट्रम्पको जोडीलाई अमेरिकाको सबैभन्दा हाइ प्रोफाइल जोडीमा गनिन्थ्यो।

प्रतिक्रिया दिनुहोस