aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चुनाव प्रचार गर्न पाउने आज अन्तिम दिन, देउवा र ओली गृहजिल्लामा जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
चुनाव प्रचार गर्न पाउने आज अन्तिम दिन, देउवा र ओली गृहजिल्लामा जाने

काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचार गर्न पाउने आज अन्तिम दिन । आज मध्यरातिदेखि मौन अवधि सुरु हुनेभएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार दलका शीर्ष नेताहरुले आज दिनभरिमा जतिसक्दो प्रचार प्रसार गर्नेछन् ।  

मुख्य दलका शिर्ष नेताहरु यतिबेला देश दौडाहामै छन् । उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका छन् । यस्तै चुनाव प्रचारकै क्रममा सुदुरपश्चिममा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागी बन्दै छन् । उनले आजअछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्दै छन् । 

अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस