aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आजदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
आजदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

काठमाडौं । आम निर्वाचनको मिति मंसिर ४ गते नजिकिएसँगै आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाकाहरु बन्द हुने भएका छन् । निर्वाचनको समय भन्दा ४८ घण्टा अघिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको हो । 

सरकारले बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म सबै नाका बन्द गर्ने निर्णय गरेको छ । 

बन्द गरिएका सीमा नाकामा अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस