aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जनकपुरको रेलसेवा आजदेखि ४ दिनसम्म बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
जनकपुरको रेलसेवा आजदेखि ४ दिनसम्म बन्द हुने

काठमाडौं । आइतबार देशव्यापी रुपमा आम निर्वाचन हुन लागेकोले आजदेखि चार दिनसम्म जनकपुरधाम–जयनगर (भारत) रेल सेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले रेल सेवा चार दिनसम्म बन्द गर्न लागेको हो । आज मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने छ ।

मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुनेछ । चुनावमा ७२ घण्टा नेपाल–भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस