aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

सिनामंगलमा डलरलाग्दो दुर्घटना, एकको मृत्यु बाइक कच्याककुचुक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
सिनामंगलमा डलरलाग्दो दुर्घटना, एकको मृत्यु बाइक कच्याककुचुक
File:photo

काठमाडौं । आइतबार साँझ काठमाडौंको सिनामंगलमा टिपरले ठक्कर लिदा एक जनाको मृत्यु भएको  । तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक हुँदा डरलाग्दो दुर्घटनामा परि एकको ज्यान गएको हो । सोहि घटनामा चारजना गम्भीर घाइते  भएका छन् ।

 तीनवटा बाइकमाथि ठिपर कुदेको प्रत्यक्ष दर्शीले बताएका छन् ।  एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचारका लागि केएमसी लगिएको हो । टिपरले हान्दा एकजना सडकबाट उछिट्टिएर टिनको बार बाहिर पुगेका एक जनाको भर्खरै उद्धार गरिएको छ । 

मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन् । बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिए । चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस