aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपालमै पहिलो फलाम उद्योग स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
नेपालमै पहिलो फलाम उद्योग स्थापना

काठमाडौं । गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा फलाम उद्योग स्थापना गर्न स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयबाट फलाम खानी स्थापना गर्न स्वीकृति दिइएको हो ।

सरकारको यो निर्णयसँगै फलामको व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढ्नेछ । सङ्घीय मन्त्रिपरिषद्को भदौ पहिलो हप्ता बसेको बैठकले त्यहाँ ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो ।

नवलपुरकोउँ होप्से गापालिकास्थित धौवादी फलाम खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयसँगै औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ ।

सो क्षेत्रमा फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ । सरकारले धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरी कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ ।

यस्तै खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ । त्यसैगरी सो ठाउँबाट उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि सो ठाउँको प्रयोगशाला परीक्षण सम्पन्न भई प्रतिवेदनसमेत आइसकेको छ । 

उद्योग स्थापना गर्ने सरकारको निर्णयसँगै सो क्षेत्रमा फलामको व्यावसायिक उत्पादन प्रक्रियाले थप तीव्रता लिने उनले बताए ।
साथै उनले यो नेपालकै पहिलो फलाम उद्योग भएको दाबी गरेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ

प्रतिक्रिया दिनुहोस