जुम्ला । जुम्लाको प्रदेशसभा (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकायासँग नेकपा एमालेका टेकराज पछाईबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । रोकाया कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री हुन भने पछाई एमालेको विद्यार्थी संगठन हुँदै प्रदेशसभाको सासदका लागि उम्मेदवार बनेका हुन ।
रोकाया २०७४ सालमा एमालेबाट जितेका थिए । नेकपा एमाले विभाजन भएपछि हाल एकीकृत समाजवादीमा रहेका उनी आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धामा छन् । केन्द्रमा गठबन्धन भएपनि केन्द्रको निर्णयमा चित्त नबुझेपछि नेपाली कांग्रेसका पुराना नेता धनबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस