काठमाडौं । वागमती प्रदेशमा गठबन्धनको संयुक्त सभामा नेपाली काग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाले नेपाल काँग्रेस गरिबलाई धनी बनाउन एमालेका नेता केपी शर्मा आली गरिबी बढाउने काम गर्ने नेता भएको बताएका छन् । उनले सभालाई सम्बोधन गर्दै अहिले निर्वाचनमा गठबन्धन संविधानको रक्षा, महिला, चेपांग, दलितको अधिकारको सुनिश्चित गर्नका लागि भएको बताएका छन ।
कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा लागेको बताए ।
लोकतान्त्रिक वाम गठबन्धनको बिहीबार मनहरीमा आयोजना गरेको प्रदेश क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको सरकार बनेपछि विकट क्षेत्रमा सडक, खानेपानी, बिजुली विस्तारजस्ता काममा तीव्रता दिइने बताएका हुन् ।
विपन्न वर्गको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क शिक्षा र विपन्नलाई आवास अबको निर्वाचनपछि बन्ने सरकारको पहिलो प्राथमिकता हुने बानियाँले बताए । नेपालमा गणतन्त्र र संघीयता आएपछि दलित, महिला, पिछडिएको वर्ग, जनजाति, सीमान्तकृत, अल्पसंख्यक सबैको अधिकार र उनीहरूको प्रतिनिधित्व सुनिश्चित भएको भन्दै बानियाँले यही व्यवस्थामाथि नै एमाले र तीनका अध्यक्ष ओलीले धावा बोलेको स्मरण गरे ।
बागमती प्रदेशमा एमालेको नेतृत्वमा साढे तीन वर्षसम्म सरकार चले पनि विकासको काममा भने पछि परेको उनको भनाइ थियो । गठबन्धनको काँधमा प्रदेश सरकारको जिम्मेवारी आएपछि आफ्नो क्षेत्रमा मात्रै डेढ अर्बभन्दा बढी बजेट विनियोजन भएको बानियाँले दाबी गरे ।
उनले भने, यो गठबन्धन गणतन्त्र मास्ने र बचाउने बीचको भएको हो । द्धन्द्ध मेटिने, समावेश भेटाउनका लागि गठबन्धन हो । उनले भने, हामी सबै एमालेलाई हामी गाली गर्दैनौं, केपी ओलीले उखान टुक्काको भरमा अब साशन गर्दैन ।
उनले एमालेलेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै भने मानिसलाई खानेपानी पुर्याउन नसक्नेले पानी जहाजको कुरा गरेर जनतालाई अलमलमा राखेको उनले आरोप लगाए । देशमा गफ गर्नेहरुलाई पाखा लगाउने बेला भएकाले अब गठबन्धनलाई इमान्दारीता सबैले देखाउने बेला भएको समेत बताए ।
उनले विकासमा सहकार्य गर्न जान्ने पार्टी र नेता भएमा विकासले गति लिने बताए । उनले भने, संघीयताका कारण स्थानीय जनता विकासका हकदार भएर आफैले विकासका आयोजना छनौट गरि आफ्नो आवश्यकता अनुसार विकास गर्न सक्षम भएका बताए । उनले भने, गठबन्धले वागमती प्रदेशमा एक वर्षमा धेरै काम गरेको छ ।
प्रतिक्रिया दिनुहोस