aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राप्रपाको कार्यालयमा तोडफोड र चोरी, गाडियो एमालेको झण्डा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
राप्रपाको कार्यालयमा तोडफोड र चोरी, गाडियो एमालेको झण्डा

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई टक्कर दिइरहेको काठमाडौं–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा तोडफोड भएको छ । राप्रपाको झण्डा, ब्यानरलगायत निर्वाचन प्रचारका सामाग्रीहरुसमेत च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको तथा सामानहरु चोरी भएको समाचार प्राप्त भएको छ ।

चोरी तथा तोडफोड पश्चात राप्रपाका नेता तथा कार्यकर्ताले एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएका छन् । जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले च्यातेका छन् ।

प्रतिक्रिया दिनुहोस