aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

भारतको पहिलो निजी रकेट अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
भारतको पहिलो निजी रकेट अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण

एजेन्सी । भारतको पहिलो निजी रकेट विक्रम–एस आज बिहान ११ः३० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको छ । यो सिंगल स्टेज रकेट भारतीय स्टार्टअप स्काइरुट एयरोस्पेसले बनाएको हो । यो एक प्रकारको प्रदर्शन मिशन थियो जसमा तीनवटा पेलोडहरूसँगै लिइयो। रकेटले उडानको ५ मिनेटभन्दा कम समयमै ८९.५ किलोमिटरको दूरी तय गरेको थियो। शिखर उचाइ हासिल गरियो र त्यसपछि समुद्रमा स्प्लासडाउन भयो।

व्यापारिक अन्तरिक्ष अन्वेषण प्रवर्द्धन गर्ने भारतको नोडल एजेन्सीले अन्तरिक्ष विक्रम(एस सबर्बिटल गाडीको प्रक्षेपणलाई स्वीकृति दिएको थियो। यस मिसनको नाम स्टार्ट हो। विक्रम सिरिजका रकेटहरूले स्याटेलाइट प्रक्षेपणलाई ट्याक्सी बुकिङ जत्तिकै सजिलो बनाउने कम्पनीको दाबी छ। यति मात्र होइन, विक्रम सिरिजका रकेटहरू पेलोड सेगमेन्टमा सबैभन्दा कम लागतको रकेट हुनेछन्।

चेन्नईमा आधारित स्टार्टअप स्पेसकिड्ज, आन्ध्र प्रदेशमा आधारित एन(स्पेसटेक र आर्मेनियन बाजुम(क्यू स्पेस रिसर्च ल्याबबाट तीनवटा पेलोडहरू विक्रम–एस रकेटमा पठाइएको थियो। २.५ किलोग्रामको पेलोड ‘फन–स्याट’ भारत, अमेरिका, सिंगापुर र इन्डोनेसियाका विद्यार्थीहरूले बनाएको हो।

इन–स्पेसका अध्यक्ष पवन गोयन्काले भने, ‘यो भारतको निजी अन्तरिक्ष क्षेत्रको लागि ठूलो छलांग हो। रकेट प्रक्षेपण गर्ने अधिकार प्राप्त गर्ने पहिलो भारतीय कम्पनी बनेकोमा बधाई छ। रकेटले आफ्नो मिसनमा ८९.५ को शिखर उचाइ हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस