काठमाडौं । मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ(दिपक मनाङगे)लाई निर्वाचन आयोगले २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता उल्लघंन गरेको अभियोगमा उक्त जरिवाना तिराउन लागेको निर्वाचन आयोगले जनाएको छ ।
मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए । उनले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै दिन १५ लाखको रक्सी खाने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस