काठमाडौं । पूर्वप्रधानन्यायधिश शुसिला कार्कीले आफूसँग एक जना भन्दा बढी उमेदवारले भोट नमागेको पनि बताएकी छिन । कार्कीले निर्वाचन भन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रमा उनले यस्तो बताएकी हुन । शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको छ ।
निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरू टाँस्ने तथा प्रचारप्रसारमासमेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताइन् । उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताइन् ।
त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताए । उनले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताए । उनले राजनीतिक पार्टीका उमेदवाहरूले निर्वाचन आंचारसंहिता अनुसार मौन अवधिको राम्रो रूपमा परिपालना गरेको देखिएको बताए ।
त्यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको सुनाए । उनले निर्वाचन व्यवस्थापनमा सुधार, राजनीतिक दलहरूले आचारसंहिताको बाटोमा हिँडेको र कर्मचारीहरूमा जागरुकता आएको बताए ।
प्रतिक्रिया दिनुहोस