aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सोलुखुम्बुमा निर्वाचन अधिकृतको सुतेकै स्थानमा मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ मंसिर २०७९
सोलुखुम्बुमा निर्वाचन अधिकृतको सुतेकै स्थानमा मृत्यु

काठमाडौं । सोलुखुम्बुमा निर्वाचन गराउन खटिएका मतदान अधिकृतकै सुतेकै स्थानमा मृत्यु भएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रका मतदात अधिकृत बिल्टु रायको शनिबार बिहान सुतेकै स्थानमा मृत्यु भएको छ । मंसिर ४ गतेका लागि निर्वाचन  गराउन खटिएका रायको मृत्यु भएको सोलुखुम्वुको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

आयूर्वेदका छैटौ तहका अधिकृत रायको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन । पोष्टमार्टमको तयारी भइरहेकाले के कारणले मृत्यु भएको हो भन्न नसकिने खनालले बताए ।

प्रतिक्रिया दिनुहोस